२४ घण्टामा ११ सय ८३ सङ्क्रमित, आठ हजार ७०४ निको, ११ को मृत्यु

0
341

काठमाडौं, २०७८ माघ २३, आइतबार  । पछिल्लो २४ घण्टामा एक हजार १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल नौ हजार २५१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर एक हजार ३८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ हजार ७०४ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा सात लाख ९९ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ४५ हजार २४८ जना सक्रिय सङ्क्रमित छन् ।