भक्तपुरको ताथलीमा पुरुष मृत अवस्थामा फेला

0
618

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज बिहान एक पुरुषको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

ताथली बीटीएम ईट्टा भट्टामा चालकको रुपमा काम गर्ने रोल्पाको त्रिबेणी गाँउपालिका–४ घर भएका २६ वर्षीय मोहन परियारको झुण्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परियार सो भट्टा नजिक रहेको अमृतको रुखमा गलबन्दीको पासो घाँटीमा लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा आज बिहान फेला परेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।