भक्तपुर अस्पताल व्यवस्थापन समिति अध्यक्षमा कायष्ठ

0
310

भक्तपुर । भक्तपुर अस्पताल व्यवस्थापन समितिकाे अध्यक्षमा रमण कायष्ठ नियुक्त भएका छन् ।
बागमती प्रदेशकाे सामाजिक विकास मन्त्रालयले भक्तपुर सिरूटारका उनलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेकाे हाे ।
नवनियुक्त कायष्ठले आइतबार पदबहाली गरेका छन् । उनी नेपाली काँग्रेस सुर्यविनायक नगर समितिका उप सभापति समेत हुन् ।

सूर्यविनायक नगरपालिका वडा नं १ का उनी मेडिकल पृष्ठभूमिका हुन् । यसअघि अस्पताल व्यवस्थापन समितिमा मिलन सुवाल थिए। उनले केही दिन अघिमात्र आफू साे पदबाट मुक्त भएकाे घाेषणा गरेका थिए।