नयाँ बानेश्वरमा कतै सभा ,कतै ढुंगा हानाहान

0
1134

काठमाडौं, २०७८ फागुन ४, बुधबार । आज सरकारले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गराउन खोजेपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण नयाँ बानेश्वर तनावग्रस्त बनेको छ ।

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही प्रहरी तथा प्रदर्शनकारीहरू घाइते भएका छन् । प्रदर्शनकारीहरू प्रहरीको सुरक्षा घेरा कटेर संघीय संसद भवनअगाडिको गेटसम्म पुगेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहरा र अश्रु ग्यास प्रहार गरेको छ । त्यस्तै, प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । प्रदर्शनकारीहरू माइतीघरदेखि नाराजुलुससहित नयाँ बानेश्वरसम्म पुगेका थिए । प्रहरीले प्रदर्शनकारीलाई संघीय संसद भवनभन्दा करिब ३ सय मिटर पश्चिममा रोकेको थियो । यद्यपि प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेर निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यस्तै पुर्वमा नेमकिपाको शान्तिपुर्ण विरोध जुलुस
नेपाल मजदुर किसान पार्टीको आयोजनामा भएको विरोध जुलस भने शान्तिपुर्ण रुपमा भएको थियो । उक्त विरोध जुलुस सांसद भवनको पुर्व तर्फ भएको थियो । उक्त विरोध जुलुसमा हजारौं सहभागिता रहेको विरोध जुलुस पछि सभा भएर सकेको थियो ।