काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमा एमसिसीलाई लिएर भइरहेको विवाद र विरोध प्रदर्शन हिंसात्मक र भड्काउपूर्ण हुनु चिन्ताजनक रहेकाे टिप्पणी गरेका छन्।
आफूहरू तथ्यमा आधारित अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक बहसको बलियो पक्षधर भएको बताउँदै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्ताे टिप्पणी गरेका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘हामी स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो पक्षधर हाैं। आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहित तत्व हो। मानिसहरुले शान्तिपूर्वक आफ्ना विचार राख्न पाउनु पर्छ। हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य स्वीकार्य छैन।’