काठमाडौं २०७८ फागुन ६, शुक्रबार। एमसीसी सम्झौता संसदमा बुधबार टेबुल हुने चर्चासँगै नेपाल मजदुर किसान पार्टीले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
उक्त विरोध सभा कोटेश्वर चोकबाट सुरु भएर नयाँ बानेश्वरमा पुगेर धर्ना र विरोध सभामा परिणत भएको थियो । संसद बैठक चल्दै गर्दा बाहिर नेमकिपाका नेता–कार्यकर्तासहित हजारौँ सर्वसाधारण जनताले एमसीसी संसदमा टेबुल नगर्न चेतावनीस्वरुप नाराबाजी गरिरहेका थिए ।
नेमकिपाले एमसीसी नेपालबाट फिर्ता नभएर सम्म सडक नछोडने नेमकिपाका नेता कार्यकताले जानकारी गराएको छ । आज भएको विरोध सभाका केहि तस्विर-