काठमाडौं – प्रतिनिधिसभाकाे अर्काे बैठक फागुन ८ गते बस्ने गरी स्थगित भएको छ।
आजकाे बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) को नाराबाजीबीच आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस भएको छ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरुले बेल घेरेर नाराबाजी सुरु गरेका थिए। नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको तर्फबाट आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेस गर्न कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई समय दिएका थिए।