अमेरिकी धम्कीपछि एमसीसी टेबल गर्न लागिएको होः प्रेम सुवाल

0
91
काठमाडौं, ८ फागुन । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी धम्कीपछि एमसीसी टेबल गर्न लागिएको टिप्पणी गरेका छन् । आज सदनमा बोल्दै उनले नेपाली काँग्रेस अमेरिकी धम्कीबाट चल्न खोजेको आरोप समेत लगाए ।

‘अमेरिकी धम्कीपछि एमसीसी टेबल गर्न लागिएको हो,’सुवालले भने, ‘अमेरिकी मन्त्रीले हाम्रो प्रधानमन्त्रीलाई किन धम्की दिएको ?’

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोनमा धम्क्याएको भन्दै आपत्ती जनाए । उनले अमेरिकी सेना नेपालमा आउन लागेको हो ? भनी प्रश्न समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here