भक्तपुर । होमस्टे घरबासको एकिकृत संस्थाको रुपमा रहेको होमस्टे एशोसिएसन नेपाल अब होमस्टे महासंघ नेपाल हुने भएको छ । एशोसिएसनले मुलुकभरका होमस्टेलाई संगठित गर्दै उनीहरुको हकहितको लागि काम गर्दै आएको छ।
देश संघीयतातर्फ गएसँगै नेपालको ग्रामीण क्षेत्रका दुर दराजका गाउँ गाउँ सम्म होमस्टेहरु सञ्चालन हुँदै आएको छ ती होमस्टेहरुको हकहित तथा नीति निर्माणमा सरकारसंग वकालत गर्ने र होमस्टेको गुणस्तरीयतामा एकरूपता कायम गर्न पालिकास्तरिय, जिल्लास्तरिय, प्रदेशस्तरीय र केन्द्रीय महासंघको स्थापना गर्न लागिएको कोषाध्यक्ष सुरज बास्तोलाले जानकारी दिएका छन् ।
स्थानीय, जिल्ला, प्रदेश अधिबेशन र राष्ट्रिय महाधिबेशन देहायबमोजिम हुने निर्णय हालै फागुन ६ गते नबलपुरमा बसेको केन्द्रीय समिति बैठकले गरेको छ। उत्तm निर्णय अनुसार
स्थानीय अधिबेशन (२०७८ साल फागुन २१ गते शनिबार देशैभर एकैपटक प्रदेश अधिबेशन फागुन २८ गते शनिबार सातै प्रदेशमा हुने छ ।
बास्तोलाका अनुसार महाअधिबेशन यही चैत ११,१२,१३ गते गाँभर भ्याली सामूदायिक होमस्टे बाँकेमा गर्ने तयारी भएको छ ।