कलाकार जयनन्द लामाको निधन

0
1253

भक्तपुर २०७८ फागुन ११ । कलाकार जयनन्द लामाको आज भएको छ । उनको  गाडीबाट ‌ओर्लेने क्रममा लडेर निधन भएको बताइएको छ ।

उनी  पहिल्यैदेखि मधुमेह र उच्चरक्तचापबाट ग्रसित थिए । नेपाल लोक स्टारका निर्णायक समेत रहेका लामा लोक तथा दोहोरी गीतका प्रख्यात सर्जकका रुपमा परिचित छन् ।

पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।

२०२७ सालबाट लोकगीत गाउन शुरू गरी पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रूपमा छाउँदै आएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि लोकप्रिय छन्।