एमसीसीको विरोधमा नेमकिपाका सांसद सडकको सफाईमा

0
1220

काठमाडौं, २०७८ फागुन १२ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले बिहीबार पनि काठमाडौंको नयाँ वानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । कोटेश्वरबाट सुरु भएको जुलुश बानेश्वरमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

अन्य राजनीतिक दलको जस्तो उच्छृङ्खल छैन नेमकिपाको आन्दोलन ।  अराजकता नदेखिनु, छाडा नहुनु नेपाल मजदुर किसान पार्टीको जुनसुकै जुलुस तथा प्रदर्शनको विशेषता बनेको छ । कुरा यतिमा मात्र सीमित हुन्न, जुलुसमा सहभागीहरुले आफ्नो लागि खाजाको बन्दोबस्त आफै गर्ने गर्छन्, उनीहरु घरमै बनेका खाजा बोक्छन्, कोहीले मकै, कोहीले रोटी, कोहीले चिउरा, कोहीले भट्मास, कोहीले बकुला इत्यादि । अनि कोही कोही भने दालमोठ पनि बोक्छन् । त्यसरी बोकेको खाजा एक्लै खाँदैनन्, बाँडेर खान्छन् । पार्टीका शिर्षस्थ नेता के, कार्यकर्ता के? अनि शुभचिन्तक के? सँगै बस्छन्, सँगै नारा लगाउँछन्, भलाकुसारी गर्छन् । आफूले बोकेका खाजाको पोका खोल्छन्,बाडेर खान्छ ।

नेमकिपाको अनुकरणीय प्रशिक्षणबाट नेता कार्यकर्ता समेत सचेत र इमान्दार पनि देखिन्छ । यतिवेला नयां वानेश्वरमा नेपाल मजदुर किसान पार्टीले गरेको विरोध सभा सव्य र शान्तिपुर्ण रुपमा गरेको देखिन्छ । हजारौं नेता कार्यकर्ताको सहभागीता रहेको उक्त विरोध सभामा आफुले फोहर गरेको स्थानको सफाई सासद देखि कार्यकर्ताले आफैले सफाई गरेको छ । यसै सिलसिलामा बागमति प्रदेशका सांसद सृर्जना सैंजुले पार्टीको अनुकरणीय कार्यलाई साथ दिएको छ । नेपाल मजदुर किसान पार्टीले एमसीसीको निरन्तर विरोध सभा गर्दै आइरहेको छ । भोलि फागुन १३ गते पनि नेमकिपाले नयां बानेश्वरमा निरन्तर रुपमा एमसीसी खारेर नहुन्जेल सम्म विरोध गरिरहने जानकारी गराएको छ । उक्त विरोध सभामा सम्पुर्ण देश भक्त नेपालीहरूलाई सहभागीता हुन अनुरोध समेत गरेको छ ।