पेट्रोलको मूल्य १५० पुग्यो, डिजेलको १३३

0
644

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ । निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ५/५ रुपैयाँले बढाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल १५० रुपैयाँ लिटर पुगेको छ भने डिजेल र मट्टितेल १३३ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । यस्तै हवाइ इन्धनको मूल्य पनि बढाइएको छ ।

निगमले पछिल्लोपटक पेट्रोलमा ३ रूपैयाँ ८९ रूपैयाँ, डिजेलमा ३ रूपैयाँ ८ पैसा मूल्य बढेर आएको जानकारी गराएको थियो ।

त्यस्तै मट्टीतेलमा प्रतिलिटर १० र खाना पकाउने एलपी ग्यासमा ९९ रूपैयाँ मूल्य बढेर आएको उल्लेख गरिएको छ । निगमले समग्रमा डिजेल, मट्टीतेलम र पेट्रोलमा ५/५ रूपैयाँ मूल्य बढाएको हो ।

निगमका सहायक प्रवक्ता पुष्कर कार्कीका अनुसार नयाँ मूल्यसूचीपछि पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा,  डिजेलमा ११ रुपैयाँ  घाटा छ । ग्यासमा ६६५ रुपैयाँ घाटा छ । मट्टितेलमा १९ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा छ । आगामी १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने निगमको प्रक्षेपण छ ।