मतदाता नामावलीमा आजदेखि दाबी विरोध गर्न पाइने, सात दिनकाे समयसीमा

0
682

स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध गर्न पाइने छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत दाबी विरोध गर्न सात दिनको समय तोकिएकाे छ ।

७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिन सकिने छ । यसका लागि प्रमुख दर्ता अधिकारी तोकिसकिएकाे छ ।

यसबीचमा मतदाता नामावलीमा कुनै गल्ती भएकाे भए सच्याउन निवेदन गर्न पाइने छ । कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए यसमा उजुरीसमेत दिन पाइने छ । ‘कुनै मतदाताको नाम दुई स्थानमा देखियाे भने एउटामा मात्र राख्न मतदाताले अपिल गर्न सक्नेछन् ।

यसैगरी, नागरिकता त्यागेका वा मृत्यु भएका व्यक्तिकाे नाम परेकाे भए मतदाता नामावलीबाट हटाउन अपिल गर्न सकिने छ । उजुरी परेपछि आयोगले सम्बन्धित व्यक्तिलाई प्रमाणसहित सफाइको मौका दिने छ । फागुन २६ गतेभित्र परेका उजुरीबारे अनुसन्धान तथा छानबिन गरी सम्बन्धित मतदातालाई प्रमाणसहित उपस्थित हुने सूचना प्रकाशन गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।  मतदाता नामावली नियमावलीमा दर्ता अधिकारीले छानबिनपछि त्यस्तो उजुरीमाथि कारबाहीस्वरूप मतदाता नामावलीबाट नाम हटाउनसक्ने अधिकार दिएको छ ।