काठमाडाैं – चारवर्षे कार्यकाल सकिएका राष्ट्रियसभाका २० सांसदहरूकाे विदाइ भएकाे छ। शुक्रबार ४ बर्षे कार्यकाल सकिएर एमालेका ८ जना, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली काँग्रेसका ३ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० सांसदको कार्यकाल सकिएको हो।
कार्यकाल सकिएर बिदाई हुन लागेका सांसदहरुमा एमालेबाट सुमनराज प्याकुरेल, कोमल वली, अगमप्रसाद बान्तावा राई, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ र रामलखन चमार छन्।
यस्तै माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहाल, खिमकुमार विक, जीवन बुढा र दिनानाथ शर्मा छन्।
नेकपा एकीकृत समाजवादीबाट उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर छन्।
नेपाली कांग्रेसबाट राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्ट छन्। यस्तै, राष्ट्रपतिबाट मनोनित भएका सांसद रामनारायण विडारीको पनि कार्यकाल सकिएको छ। राष्ट्रियसभामा सदस्यहरूको दुई वर्षे, चार वर्षे र ६ वर्षे कार्यकाल छ।