वीर गणेशमान स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधी देउराली डोजोलाई

0
78

भक्तपुर । मध्यपुर थिमीमा नगद पुरस्कार सहित आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको हो ।
देउराली डोजोले ९ स्वण ६ रजत र ३ कास्य सहित प्रथम स्थान हाँसिल गरेको हो । टिम प्रथम भएको उक्त डोजोले नगद रु २० हजार सहित ट्रफीबाट सम्मानित भएको छ ।


यस्तै प्रतियोगितामा टिम द्दितिय भने भक्तपुर मेन डोजो भएको छ । भक्तपुर मेन डोजोले ६ स्वर्ण ६ रजत र ५ कास्य सहित दोस्रो स्थान हाँसिल गरेको थियो । दोस्रो हुने टिमले नगद रु १० हजार सहित ट्रफीबाट सम्मानित गरिएको थियो ।
यस्तै टिम तृतिय भने मध्यपुर थिमी डोजो भएको थियो । मध्यपुर थिमी डोजोले १ स्वण ४ रजत र ७ कास्य पदक हाँसिल गरेको थियो । टिमले नगद रु ५ हजार र ट्रफि हाँसिल गरेको थियो ।


प्रतियोगितामा उदयमान खेलाडी प्रज्ञा गुरुङ्ग , अनुसासित टिममा नगदेश डोजा हुन सफल भएको थियो ।
यस्तै महिला तर्फ कञ्चन नेपालीले उत्कृष्ठि खेलाडीको उपाधी साथै माउन्टेन बाइक पुरस्कार प्राप्त गरेकी थिईने भने पुरुष तर्फ विद्या आर्जन स्कुलका सुलभ भुजुले उत्कृष्ठ खेलाडी हुँदै माउन्टेन बाइक प्राप्त गरेका थिए ।
कार्यक्रममा वागमति प्रदेश भौतिक योजना मन्त्री कृष्णलाल भँडेलले स्वास्थ्यका लागि मात्र नभएर देशका लागि खेलकुद भन्दै खेलको विकासमा सबै तहका सरकारले काम गर्नु पर्ने बताएका थिए । उनले खेलको विकासमा आफूले सकेको सहयोग समेत गर्ने भन्दै उनले खेलको विकास सँगै देशको पनि विकास हुने बताएका थिए ।
यस्तै प्रतियोगिता समापन कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाकी उपमेयर अञ्जना मधिकर्मीले खेल विकासका लागि नगरले जस्तो पनि योगदान दिन तयार भएको बताएकी थिईन । उनले मध्यपुरलाई खेलकुदको हव नै बनाउने हेतुले आफूहरुले विभिन्न काईक्रम आयोजना गर्दै आएको बताएकी थिईन ।
मध्यपुर सितेरियो कराते डोजोका अध्यक्ष कालु राम धेकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर १ का सभापति जीवन खत्री, मध्यपुर थिमी नगरपालिका वडा नम्वर ९ का कार्यवहाक अध्यक्ष उद्दव खड्का, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ लगाएतका अतिथिले खेलको विकासमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here