भक्तपुर । मध्यपुर थिमीमा सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिता सुरु भएको छ ।
मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता थालनी गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले खेलको विकास नभएसम्म देशको विकास पनि नहुने बताएका थिए । उनले खेलकुद मात्र एक यस्तो क्षेत्र हो जसको माध्यमबाट हामी विश्वलाई नै विजय गर्न सक्छौं । जती खेलकुदमा विकास हुन्छ त्यती त्यो देशमा जनता पनि विकसित र स्वस्थ हुने भएकाले खेलको विकासमा तीनै तहको सरकारले जिम्मेवारी पूर्ण रुपमा लागि पर्नु पर्ने बताएका थिए ।
मध्यपुर थिमी नगरपालिका वडा नम्वर ९ मा आयोजना भएको खेलमा पहिलो दिन महिला र पुरुष तर्फ २० देखि ४० केजी र एकल काता सम्पन्न भएको छ ।
खेल परिणाम यस प्रकार रहेको छ ।
एकल काता तर्फ पुरुष – स्वर्ण देउराली डोजोका अनिल रोक्काले हात पारेका छन् भने , रजत भक्तपुर मेन डोजोका अविसेक तामाङ र कास्य तर्फ भने निलवाराहीका प्रविण तामाङ अनी दिपेश गिरीले हात पारेका छन् ।
यस्तै महिला एकल काता तर्फ भने स्वर्ण भक्तपुर मेन डोजोकी सरिता तामाङले हात पारेकी छन् भने रजत देउराली डोजोकी कञ्चन नेपालीले हात पारेकी छन् साथै कास्य तर्फ भने निलवाराही डोजोकी प्रज्ञा गुरुङ र घण्टाघर डोजोकी सुवेक्षा आलेमगरले हात पारेका छन् ।
खेलमा २० केजी समूहमा केटा तर्फ स्वर्ण विद्या आर्जन डोजोका सुलभ भुजेलले हात पारेका छन् भने कास्य भक्तपुर मेन डोजोका युवी कर्माचार्य र रजत नगदेश डोजोका अर्पण डंगोल र देउराली डोजोका ट्रेक्स पाण्डेले हात पारेका छन् ।
यस्तै २५ केजी तौल समूहमा भने भक्तपुर मेन डोजोका सुमन सुवेदीले स्वण, भक्तपुर मेन डोजोकै विष्ण सुवेदीले रजत र भक्तपुर मेन डोजोकै देवराज पाण्डे साथै डेकोचा डोजोका विन्दास तामाङले कास्य पदक जितेका थिए ।
खेलमा ३० केजी तौल समूहमा भने देउराली डोजोका अनिल रोकाले स्वण, घण्टाघर डोजोका एवान गहतराजले कास्य साथै भक्तपुर मेन डोजोका गौतम पाण्डे र निलवाराही डोजोका रोनिस राजवहाकले कास्य पदक जितेका छन् ।
३५ केजी तौल समूहमा भने देउराली डोजोका इरफान वस्ताले स्वण, देउरालीकै मुजलम वस्ताले कास्य , घण्टाघर डोजोका सुनिल श्रेष्ठ र निरवाराही डोजोका सविन राजवहाकले कास्य पदक जितेका छन् ।
४० केजी तौल समूहमा भने घण्टाघर डोजोका जित रानामगरले स्वर्ण देउराली डोजोका सविन घिमिरेले रजत र घण्टाघरका घुवन श्रेष्ठ र थिमी मेन डोजोका राज शाहीले कास्य पदक जितेका छन् ।
यस्तै खेलमा महिला तर्फ
२० केजी तौल समूहमा देउराली डोजोकी नेली जोशीले स्वर्ण, भक्तपुर विहानी डोजोकी सुजिता राणाले रजत र कास्य तर्फ भने थिमी मेन डोजोकी निरु शाह र नगदेशकी अम्वीना तामाङ विजयी भएका थिए ।
२५ केजी तौल समूहमा भने भक्तपुर मेन डोजोकी पूर्णिमा खत्रीले स्वण , नगदेश डोजोकी सृजा खड्गीले रजत र भक्तपुर विद्या आर्जन डोजोकी मूसकान लामा र थिमी डोजोकी लनिभा श्रेष्ठले कास्य पदक हात पारेका छन् ।
खेलमा ३० केजी तर्फ भने देउराली डोजोकी निलिशा ओझाले स्वर्ण , थिमी डोजोकी रुस्मा मगरले रजत तथा भक्तपुर मेन डोजोकी अस्मिता तामाङ र एम्सकी स्मृति तामाङले कास्य पदक हात पारेका छन् ।
३५ केजी तौल समूहमा भने नगदेश डोजोकी मिस्त्री श्रेष्ठले स्वर्ण, भक्तपुर मेन डोजोकी युना तामाङले रजत तथा निलवाराहीकी शसी तामाङ र एम्सकी निशा महतले कास्य पदक हात पारेका छन् ।
पहिलो दिनको खेलमा ४० केजी तर्फ भने भक्तपुर मेन डोजोकी प्रतिभा तामाङले स्वर्ण साथै भक्तपुर मेन डोजोकै किरन पाण्डेले रजत अनी घण्टाघरकी रोजिना योञ्जनले र भक्तपुर मेन डोजोकी श्रृजना तामाङले कास्य पदक जित्न सफल भएका थिए । खेल फागुन २० गते सम्म चल्ने प्रतियोगिता संयोजक कालुराम धेकेले जानकारी दिए ।