भक्तपुरको विद्यार्थी संघमा विलम सुवाल निर्वाचित

0
1543

भक्तपुर, २१ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर जिल्ला समितिमा विलम सुवाल निर्वाचित भएको छ । भक्तपुरमा सम्पन्न नेपाल क्रान्तिकारी विद्यार्थीको २३ औं भक्तपुर जिल्ला सम्मेलनबाट सुवाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

सम्मेलनका प्रमुख अतिथि एवं नेमकिपाका केन्द्रिय सदस्य सरोजराज गोसाईले संगठनको महत्व र काम गर्ने तरिकाबारे सहभागि प्रतिनिधि-पर्यवेक्षकहरूलाई प्रशिक्षण दिनुभयो । नेक्राविसंघमा आवद्ध विद्यार्थीहरू सामाजिक विषयवस्तु लगायत हरेक कुरामा सक्रिय भएर अगाडी बढ्नु पर्ने बताए । समाजमा देखेका विकृति र विसङ्गतिका बारेमा विद्यार्थीहरु सचेत भएर लाग्नुपर्ने र नेक्राविसंघका कार्यकर्ताहरूको लेखनशैली राम्रो हुनुका साथै वाक कलामा अबल हुनुपर्छ, गोसाईले बताए । नेक्राविसंघले राजनीतिक कक्षा सञ्चालन गर्दा व्यवाहारिक कुरालाई ध्यानमा राखि तालिम दिन आग्रह गर्नुभयो ।

नेमकिपाका केन्द्रिय सदस्य एव नेक्राविसंघका पूर्व अध्यक्ष रबिन्द्र ज्याख्वले विद्यार्थीहरूले आफ्नो स्वार्थको निम्ती नभई, देश र जनताको पक्षमा राजनीती गर्नपर्ने कुरा बतए । देशघाती एमसीसी सम्झौता विरुद्ध नेक्राविसंघले गरेको गतिविधिको प्रशंसा गर्नुभयो । देशलाई आवश्यक पर्दा नेक्राविसंघका कार्यकर्ताहरू निरन्तर संघर्षमा लाग्ने भन्ने कुरा पछिल्ला विरोध प्रदर्शनहरूबाट पुस्टि भएको उल्लेख गर्नुभयो । नेक्राविसंघका साथीहरूले पढाइ बाहेकका समयमा समाजका निम्ति अग्रसर भएर लाग्नुपर्ने र राजनीतिबारे जानकार राखि अरु भन्दा फरक प्रस्तुति हुनुपर्नेमा जोडदिनुभयो ।

त्यस्तै कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछे भक्त फोजूले सम्मलेनको सफलताको शुभकामना व्यक्त गर्दै सम्मेलन थप सक्रिय भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीहरू बीच पार्टीको प्रकाशनहरुको छलफल, अन्तरक्रिया गर्न आग्रह गरेको छ । समितिहरूलाई सक्रिय बनाइ राख्न समयानुकुल सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षणलाई निरन्तर सञ्चालन गर्नुपर्ने बताए ।

नेक्रविसंघ १३ औं राष्ट्रिय सम्मेलन तयारी समितिका सहसंयोजक सुरेश परियारले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विषयमा सम्मेलनमा चर्चा गरेको छ । समाजवादी शिक्षा व्यवस्था र पुँजीवादी शिक्षा बीचको भिन्नतालाई प्रस्ट्याउँदै शैक्षिक क्षेत्रमा देखिएको नवउदारवादी नीतिको विरोध गर्नुपर्ने बताए ।

कार्यक्रमका २३ औं भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक मिलन गणेजूले संयोजकत्वमा भएको समिति सम्मेलनको बन्दशत्रले विलम सुवालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो ।