ताथली बालमैत्री घोषणा

0
952

भक्तपुर , २०७८ फागुन २३ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।

बालमैत्री स्थानीय शासनका सूचक पूरा गरेको सो वडालाई बागमती प्रदेशकी सांसद सृजना सैंजूले गरेकी हुन् ।
भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोलालगायतको उपस्थितिमा भएको एक समारोहबीच सांसद सैंजूले सो वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन् ।

उनले सो क्रममा कागजमा मात्र नभएर व्यवहारमै बालमैत्री शासनको प्रत्याभूति गर्न अनुरोध गरिन् ।

चाँगुनारायण नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अन्तरगत वडा नं ९ लाई आइतबार बालमैत्री वडा घोषणा गरिएको नगरप्रमुख मिश्रले बताए ।