रसायन प्रहार गर्ने श्रीमान् पक्राउ

0
753

भक्तपुर,२०७८ फागुन २३ । घरायशी झगडामा श्रीमतिलाई रसायन प्रहार गरी घाईते बनाएको आरोपमा भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित चित्रपुरबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा स्थानीय ६५ वर्षिय श्याम गुभाजु छन ।

गुभाजुले आइतवार साँझ ७ बजे ६० वर्षिय श्रीमतिलाई कुटपिट गरी नाम नखुलेको रसायन प्रहार गरी घाईते बनाएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घाईते महिलाको बर्न अस्पताल किर्तीपुरमा उपचार भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।