जेनिसा हत्याको आरोपमा दुई जना पक्राउ

0
679

भक्तपुर, २५ फागुन । सोमबार चाँगुनारायण नगरपालिका वडा नं ७ बागरेस्थित तरकारी खेतको टिनको कच्ची टहरामा मृत अवस्थामा फेला परेकी महिलाको हत्याको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी अनुसन्धानबाट सो लास नमोबुद्ध नगरपालिका वडा नं ९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नपा वडा नं १० नागपोखरीस्थित डेरामा बस्दै आएकी वर्ष २८ की जेनिसा नगरकोटीको भएको खुलेको थियो । नगरकोटीको घाँटी रेटी हत्यामा संलग्न भएको आरोपमा नमोबुद्ध नपा वडा नं २ भकुण्डेबेशी स्थायी घर भई भक्तपुर नपा वडा नं १० थालाछेंमा बस्ने ४४ वर्षका रमेश भनिने कुमार लामा र काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं ४ चौवास स्थायी घर भई हाल भक्तपुर नपा वडा नं ८ महेश्वरी बस्ने ३८ वर्षका नवराज रिजाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरूलाई बुधबार पक्राउ गरी बिहीबार जिल्ला अदालत भक्तपुरमा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थपी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले मादक पदार्थ सेवन गरी शारीरिक सम्बन्ध पछि जेनिसाको हत्या भएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले बताउनुभयो ।
“थप अनुसन्धान भइरहेको छ”,पाण्डेले भन्नुभयो ।