भक्तपुर । समयमै रोगको पहिचान गरी स्वस्थ्य जीवनको लागि सुनौलो मौका प्राप्त गरौं भन्दै भोलि शनिबार छालिङ्गमा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
उक्त स्वास्थ्य शिविरमा मुटु , कलेजो, ईसिजी , इको , भिडियो एक्सरे शिविरको आकर्षक सेवाहरु प्रदान गरिने छ ।
छालिङ्गको गणेश मावि गुडीमा हुन लागेको स्वास्थ्य शिविरमा प्राविधिक सहयोग शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट गर्ने छ ।
छालिङ्ग सामुदायिम सिकाई केन्द्र र श्री गणेश माविको संय्क्त आयोजनामा हने शिविर विहान १० बजेदेखि दिउसो ३ बजे सम्म हुने आयोजक समितिले जानकारी गराएको छ ।
उक्त स्वास्थ्य शिविरको प्रत्यक्ष लाभ लिनहुन सम्पुर्णमा आयोजनक समितिले अनुरोध गरेको छ ।