भक्तपुरको प्राविधिक सहयोगमा बृहत खुल्ला स्वास्थ्य शिविर सम्पन्न

0
666
भक्तपुर , ३० फागुन । चाँगुनारायण नगरपालिका वडा नं ५ स्थित श्री गणेश माध्यमिक विद्यालय र सामुदायिक सिकाई अध्ययन केन्द्रको संयुक्त आयोजनामा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा बृहत खुल्ला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्रत्यारोपण केन्द्रका मुटु रोग विषशेज्ञ डा. किसन कुसुवाहको नेतृत्वमा १५ सदस्यीय प्राविधिक टोली अन्तर्गत डा. संजित शाह, डा. गौरभ श्रेष्ठ, डा. ललित कुमार दास, डा. गोपाल सुवाल, डा. विएन खत्री, डा. बादल महर्जन, डा. निरज पन्थी, निरु सुवाल, निलम पण्डित, सोनिया गिरी, रमिता लामा, शान्ति पाण्डे, सविन गुरुङ्ग र श्री गौरव पन्थको संयोजकत्वमा शिविर संचालन भएको थियो ।
शिविरमा साधारण रोगको परिक्षणका साथै विशेष रोग अन्र्तगत मुटु, कलेजोको परिक्षण गर्नुको साथै इसिजी, इको, र भिडियो एक्सरेको पनि बन्दोबस्त गरी रोगको पहिचान गरेका थिए । जुन शिविरबाट २३५ जना रोगीहरु लाभान्वित भएका थिए ।
शिविरमा सहभागी विरामीहरु मध्ये केही विरामीमा पित्त थैली, मृगौलामा पत्थरी, मुटुमा समस्या भएका विरामीहरु देखिएका छन् । जसको समयमै उपचारको लागि डाक्टरहरुबाट सुझावहरु प्राप्त भएकामा शिविरमा सहभागी समुदायले खुसी व्यक्त गरे ।
एक दिने शिविरमा उपस्थित सम्पूर्णको सेवा प्रदान गर्न गाह्रो भएकोले आगामी दिनमा पनि यस्ता शिविरहरु सञ्चालन हुनु आवश्यक भएको जनबोली रहेको छ । शिविरमा चाँगुनारायण न.पा. ५ का जनसमुदाय लगायत विद्यालयका विद्यार्थी, अभिभावक एवम् शिक्षक शिक्षिकाहरुको पनि रोग परिक्षण भएको थियो ।