राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत ९ देखि

0
397

काठमाडौँ, फागुन ३० गते । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ) बाट करिव दुई सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

भक्तपुरको लिवालीस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । यु–१५ पुरुष/महिला सिंगल्समा शीर्षस्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७५ सय रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रोले १२ हजार पाँच सयका दरले रुपियाँ पुरस्कार हात पार्नेछन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई सात हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।