चुनावको मुखमा भक्तपुरमा अचानक नेतृत्व परिवर्तन सांसद गोसाई जिल्ला अध्यक्षमा चयन

0
1042

भक्तपर । नेपाल मजदुर किसान पार्टीे भक्तपुर जिल्ला समितिमा नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्वमा बागमती प्रदेशका सासद एब् बालविकास स्कुलका प्रधानाध्याक रमेत रहेका प्रस्त बक्ता एवं युवा नेता सुरेन्द्रराज गोसाईलाई भक्तपुरको जिल्ला अध्यक्षमा चयन गरेको हो ।

भक्तपुर जिल्ला पार्टी अध्यक्ष न्हुच्छेभक्त फोजूको नेतृत्वमा रहेको समिति शनिबार पूनगर्ठन गरी नयाँ नेतृत्व चयन गरिएको हो । न्हुछे भक्त जिल्ला समितिमा उपाध्यक्ष पदमा चयन गरेको छ ।

स्थानीय निकायको चुनाबको मुखमै नयाँ नेतृत्व चयन भएपछि भक्तपुरमा हलिचलि मचेको छ । भक्तपुरका ३८ वडामा एमाले, काँग्रेस र नेमकिपा वरावर बर्चस्व कायम छ ।

भक्तपुरको चाँगुमा नगरमा ९, मध्यपुर थिमीमा नगरमा ९ सूर्यविनायक नगरमा १० र भक्तपुर नगरमा १० गरी भक्तपुर भर ३८ वडामा मध्य १३ वटा वडामा नेपाली काँग्रेसको पोल्टामा छ भने १२ वटा नेकपा एमाले १२ नै नेपाल मजदुर किसान पार्टी साथै एक वडामा स्वतन्त्र उम्मेद्वार विजयी भएको हो।

गत स्थानीय निकायको निर्वाचनमा भक्तपुर जिल्लाका पुराना नगरपालिकामा सत प्रतिशत अर्थात भक्तपुर नगरपालिकाको १० वटा नै वडामा नेमकिपा विजयी भएको थियो भने थिमी नगरपालिकामा भने ६ वटा वडा नेपाली काँग्रेस एक वडा नेमकिपा एक नेकपा एमाले र एक स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए ।

यस्तै नयाँ नगरपालिकाको हकमा भने सूर्यविनायक नगरपालिकाको ७ वटा वडा नेकपा एमालेले विजय हाँसिल गरेको थियो भने तीन वडामा नेपाली काँग्रेसले चित्त बुझाउनु परेको थियो ।

यता चाँगुनारायण नगरपालिकामा भने ४ वडा नेकपा एमाले ४ मा नेपाली काँग्रेस र १ वडामा नेमकिपा विजयी भएको थियो । भक्तपुरमा नयाँ नेतृत्व चयन संगै स्थानीय निकायको चुनावमा केहि फरक पर्ने अनुमान गरेको छ ।