भक्तपुर । भक्तपुुरमा हालसम्म एचआईभी संक्रमित खुलेर हिड्ने वातावरण नभएको सरोकारवाला निकायले बताएका छन् । सुरुवातको आयोजनामा भएको एचआईभी संक्रमितहरुको गुणस्तरिय उपचार र भेदभाव रहित समाज निर्माणका लागि केन्द्रित सुरुवात द्दारा आयोजित समन्वयात्मक बैठकमा मा भक्तपुरमा हालसम्म पनि विभेद कायम रहेको सरोकारवालाहरुले बताएका हुन् ।
भक्तपुरमा हाल सम्म पनि विभेदका कारण समाजमा संक्रमितहरु खुल्न नसक्दा उनीहरुको जीवनस्तर उकासका कार्यक्रम थालनी गर्न गाहो भएको उनीहरुले बताएका हुन् ।
कार्यक्रममा सुरुवातका अध्यक्ष उमेश खड्काले भक्तपुरमा विभेदका कारण एआरटी लिनेहरु अन्य जिल्ला गएर परिवारमा नै रोग लुकाएर बस्न बाध्य रहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सुरुवातले हाल एचआईभीको सवालमा गर्दै आएका विभिन्न कार्यक्रमहरुको जानकारी समेत दिनुभएको थियो ।
कार्यक्रममा सुरुवातका महासचिव राजन केसीले भक्तपुरमा संक्रमितहरुको जीवन स्तर उकास्न विभिन्न कार्यक्रमहरु गर्दै आएको समेत जानकारी दिनुभएको थियो । उहाँले भेदभाव रहित जिल्ला निर्माण आवश्यक भएको र उक्त कार्यको लागी स्थानिय निकायको महत्वपुर्ण भूमिका आवश्यक भएको हुनाले आवश्यक पहलको लागी अनुरोध गर्नु भयो ।
कार्यक्रममा एचआईभी संक्रमितहरुको उत्थानका लागि विभिन्न कार्यक्रम संचालन गर्न चाँगुनारायण नगरपालिका प्रतिवद्द रहेको सुजित कुमार दुवालले जानकारी दिनुभएको थियो ।
चाँगुनारायण नगरपालिकाले अवका दिनमा कसरी एचआईभी संक्रमित र अन्य रोगसँग लडिरहेकाहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ । संक्रमणमा विभेद रहित समाज बनाउन सकिन्छ भनी हातेमाले गर्न आफूहरु तयार भएको उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा एचआईभी संक्रमितहरुको लागि स्वास्थ्य विमा लगायतका सेवामा सहजिकरणका लागि कसरी सहज हुन सक्छ भन्ने विषयमा छलफल भएको थियो । हाल स्वास्थ्य सेवा अन्तर्गत उपलब्ध सेवा सुविधा लिनलाई चुनौती र समाधानको उपायको सम्वन्धमा छलफल भएको थियो ।