भक्तपुर अस्पतालमा बच्चाको आइसीयु , एनआइसीयु सञ्चालनमा

0
952

भक्तपुर । भक्तपुर अस्पतालले बच्चाको आइसीयु (एनआइसीयु) सञ्चालनमा ल्याएको छ । अस्पतालमा एक कार्यक्रमका विच बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बच्चाको आइसीयु ,एनआइसीयु उदघाटन गर्नुभएको हो ।

देशको नै दोस्रो बुढो अस्पतालको रुपमा रहेको भक्तपुर अस्पतालमा बच्चाको आइसीयु ,एनआइसीयु संचालन सँगै सुत्केरी गराउने महिला र बालबालिकालाई सहज हुने मन्त्री लामाले बताउनुभयो ।

बच्चाको आइसीयु ,एनआइसीयु थालनी गर्दै मन्त्री लामाले भक्तपुर अस्पताल प्रदेशको उत्कृष्ठ अस्पताल भएको बताउँदै यसमा अझ केही सुधार गर्नु पर्ने भए आफूहरु सहयोग गर्न तयार भएको समेत बताउनुभयो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट (मे.सु.) डा. श्रीधर अर्यालले बच्चाको आइसीयु ,एनआइसीयु संचालनमा ल्याएसँगै समय अगावै जन्मने बच्चा लगाएत विभिन्न समस्या भई जन्मेका बच्चाको लागि सहज उपचार सेवा प्रदान गर्न सकिने बताउनुभयो ।

अस्पतालले ५ बेड क्षमताको बच्चाको आइसीयु ,एनआइसीयु संचालन ल्याएको छ । कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल, अस्पतालका प्रशासकिय अधिकृत गोविन्द पुडासाइनी नर्स एवं विभिन्न रोगका विषेशज्ञ डक्टर, नर्सहरुको उपस्थिती रहेको थियो ।