सूर्यविनायकमा युवाहरुको आक्रोस, भ्रष्टाचार निवारणकालागि मेयरको उम्मेदवारी दिदै थापा

0
726

भक्तपुर । सूर्यविनायक नगरपालिकामा भ्रष्टाचार मौलाएको भन्दै यसको निराकरणमा युवाले नै साथ दिनु पर्ने भन्दै युवा नेता विक्रम थापाले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी दिने भएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नम्वर १० का विक्रम थापाले १९ बुँदे घोषणापत्र जारी गर्दै आफूले नगरमा मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन ।

सूर्यविनायक नगरपालिकाले जनप्रतिनिधि पाएपछि गरेको विकास भनेको डाँडा पाखा सम्माउने र माफियालाई साथ दिदैँ कुम्लाउने मात्र भएको भन्दै यस्ता बेथितिको अन्तका लागि आफूले उम्मेदवारी दिने निर्णय गरेको उनले पत्रकार सम्मेलन मार्फत बताएका हुन् ।

भक्तपुरमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले आफूसहित नगरपालिकाको उपप्रमुख, नगरपालिकाका १० वटै वडाका सवै वडा अध्यक्षहरु, वडा सदस्यहरुसहितको सवै पदहरुमा उम्मेदबारी घोषणा हुने जनाए । तर पहिलो चरणमा उनले प्रमुखमा आफनै मात्रै उम्मेदबार घोषणा गरेका हुन् ।

पछिल्लो स्थानीय निकायको निर्वाचन एकजना सचेत मतदाताको हिसावले एमालेलाई भोट खसालेको बताउँंदै एमालेले जितको यो नगरपालिका भ्रष्टाचारको अखडा भएकोले आफूले उम्मेदबारी घोषणा गर्नुपरेको बताएं ।

उनले वातावरण संरक्षणका एजेण्डाहरु अन्तर्गत प्रदुषण नियन्त्रण एक मान्छे एक रुख अभियान, ईट्टा भट्टामा नयाँ प्रविधि लागु, समयको सिमा प्रदान गर्ने, पुराना गाडी विस्थापन, विद्युतीय गाडीको प्रवद्र्धन, सरकारी जग्गाको लगत राखी सोको उचित आयमुलक सदुपयोग समेत गर्ने रहेको जानकारी दिए ।

पेशाले अधिवक्ता रहेका उनले प्रस्तुत गरेका यस्ता छन् एजेण्डाहरु ˸
१. भ्रष्टाचार निवारण
२. प्रशासनिक सुधार
३. उद्योगको विकासः औद्योगिक क्षेत्र घोषणा, विशेष आर्थिक क्षेत्रको घोषणा र सोको मापदण्ड, कार्यविधि तयार, स्थानीय रोजगारीको सृजना, कलकारखानाको पहिचान गरी अवसर, नगरपालिकाले निरीक्षण निगरानी गर्ने ।
४. बाटो र ढल नक्सामा भएका सम्पूर्ण गोरेटो बाटोलाई विस्तार, दुई ठाउँ जोड्ने गरी नयाँ ट्र्याक खोल्ने, कोरिडोर खोल्ने, एक ठाउँबाट अर्को ठाउँमा जोड्ने गरी । दूरगामी सोच सहित सडक निर्माण, विस्तार, ढल निर्माण ।
५. खानेपानी खानेपानीको मूल मुहान संरक्षण र बोरिङबाट पानी दोहनमा रोक्ने, बन्द । श्रोत पहिचान ।
६. वातावरण संरक्षण प्रदूषण नियन्त्रण एक मान्छे एक रुख अभियान, ईट्टा भट्टामा नयाँ प्रविधि लाग, समयको सीमा प्रदान गर्ने, पुराना गाडी विस्थापन, विद्युतीय गाडीको प्रवद्र्धन ।
९. सरकारी जग्गा, पर्ती, ऐलानी जग्गाको लगत राख्ने, संरक्षण र सोको उचित आयमूलक सदुपयोग समेत गर्ने ।
८. प्रधानमन्त्री रोजगार कोष, स्वरोजगार कोषको सही सदुपयोग ।
९. विश्व स्तरीय, धर्म र जातीय निरपेक्ष सहितको नमुना बस्ती । पर्यटन मुलुक
१०. शिक्षालाई सिपमूलक बनाउने, तालिममुखी, प्रविधि मैत्री बनाउन विशेष कोर्स नगरपालिकाको शिक्षा शाखाले तयार गर्ने । तालिम, गोष्ठी आदिको आयोजना ।
११. जग्गा प्लानिङ सम्बन्धमा स्पष्ट मापदण्ड र सो मापदण्डको अक्षरशः पर्ण पालना ।
१२. कृषियोग्य जमिनको संरक्षण, वास्तविक कृषकहरूको पहिचान र हकहित, कृषि अनुदानमा कढाई, निरीक्षण ।
१३. स्वास्थ्य क्षेत्र एउटा मेडिकल कलेज अनिवार्य खोल्ने । स्वास्थ्य बिमाको सीमा विस्तार र हस्पिटलहरूको विस्तार, सहज ढङ्गबाट सेवा पाउनुपर्ने,
१४. कानुनको परिपालना न्याय सम्पादन ।
१५. व्यापार निर्यात गर्न सक्ने क्षमता बनाउनुपर्ने ।
१६. विकासका कामहरु असारे विकास बन्द असोज देखि चैत्र सम्म
१७. दलित, पिछडिएका वर्गहरू, अन्य धर्मका व्यक्तिहरूको हितमा हुने काम गर्ने ।
१८. आन्तरिक तथा बारह्य पर्यटनको विस्तार ।
१९. सूर्यविनायक नगरपालिकाको आफ्नै श्रोत पहिचान गरी र सोबाट आय गर्न विशेष कदम चाल्ने।
२०. स्थानीय विकास र असल छिमेकी अभियान आफ्नो ठाउँको विकास आफै गरौँ, आफ्नो ठाउँको लागि पैसा हालौँ । यसले मुद्दा मामिला कम गर्दछ ।