आज कीर्तिपुरमा नेक्राविसंघको १३ औं राष्ट्रिय सम्मेलन

0
123

काठमाडौं । नेपाल क्रान्तिकारी विद्यार्थी संघ १३ औं राष्ट्रिय सम्मेलन आज कीर्तिपुरमा सुरु हुँदै छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गरौं , समाजवादी शिक्षा व्यवस्थाको निम्ति संधर्ष गरौं भन्ने मुल नाराका साथ हुन लागेको सम्मेलनको कीर्तिपुरस्थित त्रिविको स्मृति भवनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेल् उद्धाटन गर्नु हुन जानकारी आयोजक समितिले जानकारी गराएको छ ।

आज हुने सम्मेलन काठमाडौंको कीर्तिपुर पाँगास्थित जनसेवा माविबाट जुलुस सुरु हुँदै त्रिविको स्मृति भवनमा उद्धाटन समारोह गरिने आयोजकले जानकारी गराएको छ । आज उद्धाटन समारोहमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे ( रोहित ) , केन्द्रीय सचिव एवं सासद् प्रेम सुवास , अनुराधा थापामगर लगायत वक्ताहरूले सम्वोघन गर्ने जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here