अनिल फोजू
भक्तपुर । नेपाल क्रान्तिकारी विद्यार्थी संघको १३ औं राष्ट्रिय सम्मेलनको बन्द शत्रबाट प्रकाश गुरुङ्गलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको छ ।
नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेक्राविसंघको उद्घाटन समारोह त्रिविको स्मृति भवनमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सासद प्रेम सुवाले पानमा दिप प्रज्ज्वल गरि उद्घाटन गरेको हो ।
तीन दिने राष्ट्रियन सम्मेलनको बन्द शत्रबाट प्रकाश गुरुङ्गको अध्यक्षतामा २६ केन्द्रीय सदस्य चयन गरेको हो । उपाध्यक्ष सुरेश परियार , सचिवमा दिनेश खड्गी , सह सचिवमा सेमसल तामाङ्ग र कोषध्यक्षमा प्रमिला ज्याख्व सहित २६ सदस्य केन्द्रीय समिति निर्विरोध निवाचित गरेको हो ।
बन्द शत्रबाट राष्ट्रिय अन्तराष्ट्रिय प्रस्ताव समेत पारित गरेको थियो ।