भक्तपुर, २३ असोज । मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ क बाट मा नेपाल मजदुर किसान पार्टीबाट मीन बहादुर बाटाले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचनको कार्यालय भक्तपुरमा आइतबार उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
हाल मीन बहादुर बाटा नेपाल क्रान्तिकारी युवा संघको केन्द्रीय अध्यक्ष , नेमकिपाको भक्तपुर जिल्ला सदस्य समेत, युवा संघ भक्तपुरको अध्यक्ष समेत हो ।
अति मिलनसार बाटा गाउंको राजनितिक गतिविधिबाट आफ्नो राजनितिक यात्रा तय गरेको हो ।