भक्तपुर क्षेत्र नम्वर १ क मा गठबन्धनबाट सुरेश श्रेष्ठले पाए टिकट

0
987

भक्तपु्र । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्वर १ क चाँगुनारायण प्रदेशमा गठबन्धनबाट नेपाली काँग्रेसका महासमिति सदस्य सुरेश श्रेष्ठले टिकट पाएका छन् ।

विद्यार्थी राजनीति देखि नै सक्रिय रहँदै आएका श्रेष्ठ नेपाली काँग्रेसका जुझारु नेता हुन् ।

भक्तपुर क्षेत्र नम्वर १ मा भने गठबन्धनबाट नेकपा माओवादीका सुनिल गोठे उम्मेदवार हुने भएका छन् ।