काठमाडौ । नेपाल मजदुर किसान पार्टीले काठमाडौँ क्षेत्र नं. ५ मा नेमकिपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा शैलेश डंगोल उम्मेदवारी दिएको छ ।
उक्त क्षेत्रमा प्रदेश क बाट अक्कलमान महर्जन र प्रदेश ख बीर बहादुर डंगोलले उमेदवारी दर्ता गरेको छ ।
नेता शैलेश डंगोलले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हो । उनले सबै मतदाताहरूलाई देश भक्त जनताले नेमकिपाको मादल चिन्ह्र भोट हाल्न अनुरोध गरेको छ ।