ललितपुरमा नेमकिपा प्रभावशालि नेता नीरज लवजु उम्मेदवारी (सूची सहित)

0
1344

ललितपुर । नेमकिपाले यहि मंसिर ४ गते हुने प्रतिनिधि / प्रदेश सभाको निर्बाचनका लागि ललितपुर जिल्लाबाट नेमकिपाका प्रभावशालि नेता नीरज लवजुले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता  गरेको छ ।

ललितपुर जिल्लाको क्षेत्र नं ३ बाट नीरज लवजुले उम्मेदवारी दिएको हो ।

त्यस्तै ललितपुर जिल्ला  क्षेत्र नं १ बाट  कविन्द्र डंगोल प्रतिनिधि सभासदस्य ,बुद्ध लामा प्रदेश सभासदस्य १(१), मन्दिप महर्जन प्रदेश सभासदस्य १(२) मा उम्मेदवारी दिएको हो ।

क्षेत्र नं २ बाट नेमकिपाका केन्द्रीय सदस्य राजबिर डंगोल प्रतिनिधि सभासदस्यमा उम्मेदवारी दिएको छ । उक्त क्षेत्र महन्त महर्जन प्रदेश सभासदस्य २(१) र महेन्द्र ब्रम्हाचार्यले प्रदेश सभासदस्य २(२) मा उम्मेदवारी दिएको हो ।

क्षेत्र नं ३ बाट  नीरज लवजु प्रतिनिधि सभासदस्य ,अशोक महर्जन प्रदेश सभासदस्य ३(१) र नरेश महर्जन प्रदेश सभासदस्य ३(२) उम्मेदवारी दिएको छ ।