अभियान कृषि सहकारी संघको तेस्रो साधारण सभा सम्पन्न

0
710

नेहा कुरुन्जु भक्तपुर । अभियान कृषि सहकारी संस्था (चाँगुनारायण शाखा )चाँगु न.पा वडा नं. २, झौखेलमा शनिबार संघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भयो ।

उक्त सभामा प्रमुख अतिथि तथा संस्थाका जेष्ठ सदस्य श्री काजी राम कासुला तथा विशेष अतिथि जेष्ठ सदस्य विष लाल कुचुमनीको उपस्थितिमा पानसमा दिप प्रजवलन गरि उद्घाटन गर्नुभयो ।

उक्त तेस्रो साधारण सभामा सञ्चालन समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमा कुल वासालात १ करोड ७९ लाख ८८ हजार ३ सय ५१ रुयैया रहेकोमा जसमध्ये शेयर पुजी २ लाख १४ हजार १६ रुपैया रहेको प्रतिवेदन प्रस्तुत गरियो ।

उक्त सभामा संघका सचिव सुजन दुवालले भावि निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभयो । साथै संघका कोषाध्यक्ष रोशनी कासुलाले वार्षिक आय व्यय प्रतिवेदना प्रस्तुत गर्नु भएको थियो । उक्त साधारण सभाका सभापति एवं संधका अध्यक्ष सुरेश कासुला संधले राखेको लक्ष्य अनुसार सफलता हासिल गरेको बताए । अध्यक्ष कासुलाले संधको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त साधारण सभामा उत्कृष्ट बाल बचत कर्ता,असल बचत कर्ता ,उत्कृष्ट बचत कर्ता, असल ऋणी कर्ताका साथै संस्थालाई निरन्तर रुपमा सेवा प्रदान गरिरहनु भएका कर्मचारीहरुलाई समेत सम्मान गरेको थियो । संघका अध्यक्ष कासुलाले अतिथि,कर्मचारी लगायत अतिथिहरुलाई मायाको चिनो सहित सम्मन गरेको थियो ।