भक्तपुर । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन जारी छ । गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो ।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल, रास्वपाका डा. स्वर्णिम वाग्ले नेमकिपाका रामप्रसाद प्रजापति लगायत उम्मेदवार छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ । नेकपा एमालेका उम्मेदवार खनाल, रास्वपाका उम्मेदवार वाग्ले अनी नेमकिपाका उम्मेदवार रामप्रसाद प्रजापतिको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने छैनन् ।
अन्य उम्मेदवारहरुमा राप्रपाबाट शोभा गुरुङ,राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार लगायत छन् ।