युरोकपको सेमिफाइनल समीकरण पूरा

0
1771

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

उक्त खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । यस संस्करणमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन्  । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ  । पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन्  । दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ  ।

सेमिफाइनलको खेल तालिका :

बुधबार राति १२:४५ बजे – इटाली विरुद्ध स्पेन

बिहीबार राति १२:४५ बजे – डेनमार्क विरुद्ध इंग्ल्यान्ड