भक्तपुरकी नवगायिका अवालको ‘तिमी जहाँ-जहाँ’ बोलको गीत सार्वजनिक

0
3195

भक्तपुर,२०७८ माघ २५ मंगलबार । भक्तपुरको नवगायिका मतिना अवालको स्वर रहेको तिमी जहाँ जहाँ बोलको गीत सार्वजनिक भएको छ । भक्तपुरकी मतिना अवालको यो पहिलो स्वर भएको गीत हो । अवाललाई गायक बसिस्थ ठकुरीको साथ दिएको छ ।

गीतमा सुरज र शेखरले संगीत दिएका छन् । कलाकार बसिस्थ ठकुरी र सगुन शाहीको अभिनय रहेको छ । मुकेश हुमागाँईको छायांकन रहेको गीतमा सम्पादन मीन रावलले गरेका छन् ।

गीतको निर्देशन बविता श्रेष्ठले गरेका छन् । सुर समेक स्टुडियो युटुब च्यानलमा सो गीत सार्वजनिक गरिएको छ ।