काठमाडौ, २०७८ फागुन, बुधबार । आज हुने भनेको प्रतिनिधिसभामा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुने भनेपछि काठमाडौंमा नेपाल मजदुर किसान पार्टीले विरोध जुलुस गरेको हो ।
निरन्तर रुपमा एमसीसी सम्झौता विरूद्द आन्दोलन गरिरहेको नेपाल मजदुर किसान पार्टीले बुधबार संसद भवन घेराउ गरेका हो ।
काठमाडौंको कोटेश्वरमा भेला भई बानेश्वर पुगेका पार्टीका कार्यकर्ता र एमसिसी सम्झौताको विपक्षीमा संसद भवन घेराउ गरेको हो । उनीहरूले एममिसी सम्झौता खारेजीको माग गर्दै नारा जुलुस गरेका गरि सभा समेत गरेको छ ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एव प्रतिनिधि सभाका सांसद प्रेम सुवाल, बागमती प्रदेशका सांसद सृजना सैजु, नेमकिपाका राजविर दंगोल,पुर्व सांसद डिल्ली प्रसाद काफ्ले,राजेन्द्र चवाल, त्यस्तै नेक्राविसंघका केन्द्रीय संयोजक प्रकाश गुरुङ्ग ,विद्यार्थी सुरेश परियारले एमसीसीको विरोधमा सम्बोधन गरेको थियो ।