भोलि देखि भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी हुँदै

0
1615

अनिल फोजु
भक्तपुर, २०७८ चैत्र २०, आइतवार । भोलि देखि भक्तपुरमा वृहत पुस्तक प्रदर्शनी हुने भएको छ । भक्तपुरको कमलविनायक स्थित लामगालमा तीन दिने पुस्तक प्रदर्शनी (चैत्र २१ देखि २३ सम्म ) हुनेछ ।  स्थानीय युवाहरुको समूहलको रुपमा रहेको आरम्भ नेपालले यो वर्ष पनि आरम्भ पुस्तक प्रदर्शनी गर्ने भएको छ । भक्तपुरको कमलविनायक स्थित लामगालमा तीन दिने पुस्तक प्रदर्शनी (चैत्र २१ देखि २३ सम्म ) हुँदै छ ।

आरम्भ नेपालको आयोजनामा हुने उक्त पुस्तक प्रदर्शनीमा क्यानभासमा भक्तपुरलाई समेटेर कोरेका फोटो प्रदर्शन ,विभिन्न संञ्चार माध्यमबाट सामाजिक, राजनैतिक, विकृति विसंगति विरुद्व छापिएका कार्टुनहरु प्रदर्शन , नवदुर्गाको मुकुन्दो प्रदर्शन ,नाटक मञ्चन भक्तपुरका पुराना फोटोहरु प्रदर्शनी हुनेछ ।

साथै युवाहरु के पर्दछन्, कति पद्छन् विषयमा सामुहिक वार्ता हुने छ , देशमा तरङ्गित ख्वप मोडलबारे वार्ता हुने छ भने प्रदर्शनी स्थलमा नेवारी खाजा स्थल र प्रत्येक साँझ साहित्यिक साँझ हुने आयोजक समितिका संयोजक लक्ष्मी प्रसाद चवालले बताए ।

उक्त पुस्तक प्रदर्शनी अवलोकन गर्न सर्वसाधरण लगायत हरेक व्यक्तिले निःशुल्क प्रवेश गरेको छ । साथै सामुहिक वार्ता, छलफलमा सहभागी हुन पाउने छ । पुस्तक सम्बन्धि अवलोकन कर्ताहरुलाई प्रश्न सोध्ने सही उत्तर दिनेहरुलाई पुरस्कारको बन्दोबस्त गरेको छ । पुस्तकका साथै कलाकारहरुको कला विज्ञहरुका विचार सुन्न र हेर्न पाउने छ भने मिठो नेवारी खाजाको स्वाद चाख्न पाउने आयोजकले बताए ।

आरम्भ पुस्तक प्रदर्शनीमा नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, बुकहिल पब्लिकेशन, नेपालय् पब्लिकेशन, इन्डिको इन्क, विवेक सृजनशिल, किताब पब्लिशर, पाँच पोखरी प्रकाशन, साँग्रीला बुक्स, लिपि बुक्स, अनुज बुक्स, बेला बुक्स, फाइन प्रिन्ट, रत्न बुक्स, शीखा बुक्स, मञ्जरी पब्लिकेशन, जागरण बुक्स, फिनिक्स बुक्स, जनप्रकाशन गृह, कथालयलगायतका प्रकाशक-संस्थाहरुले सहभागिता हुने आयोजक समितिले जानकारी गराएको छ ।

उक्त पुस्तक प्रदर्शनीमा दामोदर सुवालका सय कार्टुन र पुण्यराम सुवालको ‘ह्युपा निंति’ कविता संग्रह गरि दुई वटा किताब विमोचन समेत हुनेछ । पुस्तक प्रदर्शनीमा बजार मुल्य भन्दा सस्तोमा पुस्तक पाउने आयोजकले जानकारी गराएको छ ।

उक्त पुस्तक प्रदर्शनीमा अनुमानित खर्च दश लाखको हाराहारीमा हुने संयोजक चलाले बताए । भोलि देखि हुन लागेको पुस्तक प्रदर्शनीमा सम्पुर्ण तयारी सकिसकेको संयोजक चवालले बताए ।