सिपाडोल खापिमा निःशुल्क आँखा शिविर हुँदै  निःशुल्क आँखाको शल्यक्रिया समेत हुने 

0
142

भक्तपुर । आगामी शनिवार असोज २७ गते सूर्यविनायक नगरपालिका वडा नम्वर ८ सिपाडोलमा निःशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम हुने भएको छ ।

फिउचरस्टार ई.सेकेण्डरी स्कुलको आयोजनामा खापिमा निःशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम हुने भएको हो ।

विद्यालयको आयोजनामा हुने उक्त शिविरमा मोतीबिन्दु लगायतका विभिन्न आँखाका रोगको उपचार समेत हुने छ ।

यस्तै मोतीबिन्दुको निःशुल्क रूपमा अपरेसन समेत हुने आयोजक कमिटीका सदस्य गणेश सुकमनीले जानकारी दिएका छन् ।

ख्वप तिलगंगा आँखा अस्पतालका विशेषज्ञे डक्टरहरूबाट शिविर हुने हुँदा नजिकमा नै आँखाका समस्या भएकाहरूले लाभ लिन सक्ने समेत उनले बताए ।

यस्तै शिविरमा रक्तदानको कार्यक्रम समेत रहेको उनले बताए ।

शिविर बिहान ७ बजे देखि दिनभर हुने समेत उनले जानकारी दिएका छन् ।