भक्तपुर । चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन पुष्पदास श्रेष्ठ सर्वसम्मत हुनुभएको छ ।
चौतारी बचतको १६औँ साधारण सभाबाट उहाँ आगामी कार्यकालको लागि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर ५ घलाँटेमा अवस्थित सहकारीको साधारण सभाबाट उपाध्यक्षमा पाण्डव सुवाल, सचिवमा रामशरण त्वाती , कोषाध्यक्षमा गङ्गा बहादुर फाँजूँ, सदस्यहरूमा पुरुषोत्तम ङाखुसी, नुुत त्वायना र कविता केसी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो ।
यस्तै लेखा सुपरिवेक्षकमा काशीराम प्रजापति , राधिका र शिवराम श्रेष्ठ चयन हुनुभएको हो ।
जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण गोविन्द लाखाको प्रमुख आतिथ्ययतामा उक्त सहकारीको साधार सभा सम्पन्न भएको थियो ।
साधारण सभामा कोषाध्यक्ष रामशरण त्वातीले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको थियो ।
यस्तै सहकारीले १२.६० प्रतिशत शेयर लाभांश वितरण प्रस्ताव गरेको थियो ।
हाल सहकारीमा ७१६ सदस्य रहेका छन् भने १६ लाख २४ हजार ६९० खुद नाफा सहकारीले गरेको रामशरण त्वातीले जानकारी दिनुभयो ।
सहकारीमा हाल शेयर पुँजी ४८ लाख २०० रहेको छ भने निक्षेप बचत ३ करोड ३२ लाख ३० हजार ७२२ ऋण लगानी ५ करोड ३६ लाख १६ हजार ७३७ रहेको समेत उहाँले जानकारी दिनुभयो ।